कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक, अनुसन्धानतर्फ पनि जोड



 

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ ।

विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा बिहिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारबाट पाँच सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएको जानकारी दिनुए । प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उनले आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि समेत तयारी भइरहेको बताए ।

सरकारले गत साउन ३० गते प्रतिष्ठानलाई स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको शैक्षिक योजनाको प्रतिवेदनअनुसार विसं २०७१ देखि २०७६ सम्म २६४ विद्यार्थी आरक्षित सिटमा भर्ना भएका थिए । हालसम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, डिप्लोमा फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ, ब्याचलर अफ मिडवाइफरी अध्ययन गर्दै आएका छन् । जसमा स्टाफ नर्स २४० र हेल्थ असिस्टेन्ट १९२ जना छन् ।

रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड–१९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको जिकिर गरे । उन गर्ने हौसला मिलेको बताउनुभयो । रजिष्ट्रार काफ्लेले एमडीएमएस कार्यक्रमसहित एमबीबीएस पढाउने तयारी भइरहेको र सरकारले पूर्णरुपमा अगाडि बढाउने वचन दिएको बताए ।

कर्णालीको स्वास्थ्य क्षेत्रमा अत्यधिक चर्चाका रुपमा रहेको एमबीबीएस कार्यक्रम पनि कर्णालीमा सञ्चालनमा आउने देखिएको छ । यो कार्यक्रम अघि बढाउन सरकारले मूल्याङ्कन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको र टोली मूल्याङ्कनका लागि आउन तयार भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धान तीनखम्बे उद्देश्यलाई एकसाथ लैजान थालेको छ । प्रतिष्ठानले अहिले कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरेको छ । प्रतिष्ठानले आठ वर्ष अघि नै ‘एक डाक्टर, एक संस्था’ को अवधारणा अगाडि बढाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

  काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय