चितवन र बाँकेमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु



चितवन । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडीकल कलेजमा बुधबार अपरान्ह ४ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बाँकेमा बुधबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी—५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो ।

त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको श्रेष्ठले बताए । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनााट मृत्यु भइसकेको छ ।
यसैबीच बाँकेमा बुधबार ५२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ महिला कोरोनामुक्त भई घर फर्केका हुन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या दुई हजार २२७ पुगेको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जामा भ्यान दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

  वालिङ । स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन

पवित्र पाशुपति क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएका छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी