कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी



काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको दाबी गरेका छन् ।

मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णयहरु नागरिकको संवैधानिक हक तथा अदालतको फैसला विपरीत नभएको दाबी गरेका हुन् ।

मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे ।

गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउन जनताको चाहना र माग अनुसार नै निजी क्षेत्रसँगको साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक भएको उनले बताए ।

मन्त्री ढकालले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने नीतिका कुनै परिवर्तन नभएको जानकारी गराए ।

उनले कोरोना संक्रमणको महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा दशैं तिहार लगायतका चाडपर्वहरु मनाउँदा विशेष सावधानी अपनाएर मनाउन आग्रह गरे । मन्त्री ढकालले कोरोना विरुद्धको महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सम्मान तथा बिरामीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग

मुस्ताङ  । मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । दुई महिना हिउँदे

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित