मोहना नदीमा भेटियो बेपत्ता प्रहरी जवान साउदको शव



धनगढी । वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले साउँदको शव नदीमा भेटिएको बताए । उनले प्रहरी सहायक निरीक्षक विकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए । गत शनिबार प्रहरी सहायक निरीक्षक विकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।

विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन् । उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा ५ हजार ७७८ मतगणना हुँदा सुहाङको २,५४२ र डम्बरको २, १९७ मत

  इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

  काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ