कोरोना संक्रमणबाट रौतहटमा ११ जनाको मृत्यु



रौतहट । रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ ।

इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग

मुस्ताङ  । मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । दुई महिना हिउँदे

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

स्याङ्जामा भ्यान दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

  वालिङ । स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ