सिलालेखमा नाम नराख्दा उपमेयरको वितण्डा(भिडियोसहित)



धनगढी । कैलालीमा नवनिर्मित भवनको सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले विरोध गरेकी छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयर प्रेमकुमारी थापाले सिलालेखमा ढुङ्गा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको छ । मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिक्कै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भन्छन् । त्यती नै बेला कार्यक्रमै उपस्थित एक महिलाले के तरिका हो ? भन्छिन् । उपमेयर थापा रिसाउँदै ‘किन तरिका होइन् ?’ भनेर जवाफ फर्काइएको सुनिन्छ ।

मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन्। तर उपमेयर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन् ।
मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा सिलालेखमा ढुङ्गा बजारेको बताए ।

यता उपमेयर थापाले पनि सिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले वाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन् ।

‘सिलालेखमा मेरो नाम राखेनन् त्यसैको उपज आजको परस्थिति आएको हो ।’ उनले भनिन् । वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार सिलालेखको विषयलाई लिएर मेयर उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन