काठमाडौंमा बढ्यो दशैंको चहलपहल



काठमाडौं । चाडपर्व नजिकिएसँगै कोरोना संक्रमणलाई वेवास्ता गर्दै बजार तथा पसलमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैं, तिहार लगायतका चाडपर्व नजिकिएसँगै काठमाडौंको असन, जमल, बिसालबजार लगायतका खाद्यन्न तथा कपडा पसलहरुमा मानिसहरुको भिडभाड बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेपनि मानिहरु भने भौतिक तथा सामाजिक दुरी कायम नगरी स्वास्थ्य सतर्कता समेत नअपनाइ बजारमा किनमेल गरिरहेका छन् ।

कोरोना संक्रमण पछि सरकारले पसल तथा व्यवसाय संचालन गर्दा सामाजिक दुरी कायम गराउनुपर्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने तथा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने जनाएपनि बजार तथा पसलहरुमा उक्त मापदण्ड समेत पालना नभएको पाइएको छ । चाडबाड मनाउने नाममा बजारमा अव्यवस्थित भिड बढ्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अझै बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई