नेपाल प्रहरी पद्धतिको विकास गर्ने चरणमाः महानिरीक्षक क्षेत्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गरेका छन् । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विष्लेषण गरेर रणनीतिक योजनाका साथ अघि बढ्न प्रहरीलाई निर्देशनसमेत दिए ।

सङ्गठनको सुदृढीकरणमा मन्त्रालयको सकारात्मक सहयोग रहने उनले विश्वास दिलाए । प्रहरीको मनोबल उच्च बनाउन निर्देशन दिँदै गृहमन्त्री थापाले समाज र प्रहरी एक अर्काबाट भिन्न हुन नसक्ने भएकाले सोचमा परिवर्तनको खाँचो औँलयाए । उनले सङ्घीय संरचनामा गएपछि अग्रगामी विकास हुनेसमेत विश्वास व्यक्त गरे । समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले गरेका काम कारवाहीका बारेमा जानकारी गराउँदै एक वर्षमा ४० हजार मुद्दा अनुसन्धान गरेको जानकारी दिए ।

उनले पद्धतिको विकास गर्ने चरणमा प्रहरी सङ्गठन रहेकोसमेत बर्ता । प्रहरी महानिरीक्षक थापाले पछिल्लो समयमा गरिएको एक अनुसन्धानले सरुवा, बढुवा र मिसनमा खटिने प्रहरी चयनको मापदण्ड पारदर्शी गर्नुपर्ने आवश्यकता औँल्याएको बताए । उनले प्रहरीले जागिर छाड्नुपर्ने कारणको बारेमा उक्त अनुसन्धानले केही तथ्यहरु औँल्याएको बताए ।

समारोहमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरेका थिए । सोही क्रममा सेवा निवृत्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले अमर प्रहरीका परिवारलाई छात्रवृत्ति प्रदानमा सहयोग पुर्याउने उद्देश्यले ११ लाख रुपैयाँको ‘अच्युत– मीना अक्षयकोष’ स्थापना गरी प्रहरी महानिरीक्षकलाई नगद हस्तान्तरण गरे । समारोहमा निवृत्त प्रहरी उपरीक्षक तुलाबहादुर केसीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

इटहरी । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

काभ्रेमा सातमहिनापछि बल्ल निजी आवासको क्षति आँकलन सुरु

काभ्रे । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग