ललितपुरमा २५ सय भन्दा बढी सक्रिय संक्रमित, ४८ जनाको मृत्यु



ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । उनले धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको बताए । सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गर्दा संक्रमित बढेका उनको भनाई थियो ।

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी बताए । ललितपुर महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ ।

ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताए ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका र्यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन् । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ ।

गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए ।

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी दिए ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी दिए ।

महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी गराए ।

कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महतोले जानकारी दिए । कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

स्याङ्जामा भ्यान दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

  वालिङ । स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन

सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष