राजकुमार चेपाङको हत्या आरोपी सेनाका हुद्दा पुर्पक्षका लागि जेल चलान



चितवन । जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो । राप्ती नगरपालिका वडा नम्बर २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।

मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए ।

सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।

छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए । मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको