कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



मोरङ । कोरोना संक्रमणबाट मोरङ र रुपन्देहीमा गरी थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

उनलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनको असोज २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ क्षेत्रमा होहल्ला गरेको आरोपमा ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

देउखुरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन। महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको

केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति