चीन सरकारद्वारा लाप्चाको सीमामा १२ नम्बरको नयाँ पिल्लर निर्माण !



सुर्खेत । कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान रोक लगाएको बताएका छन् ।

नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उनले जिकिर गरे ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दावी गरे ।

शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश

बर्दिया पठाइयो चितवनको हिंस्रक बाघ

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय