जहाज थपेर निगमलाई नाफामा लैजाने नवनियुक्त महाप्रवन्धक पौडेलको दाबी



काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।

निगम मुख्यालयमा सोमबार आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे । उनले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाए ।

महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।

नायव महाप्रवन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रवन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गरे । आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताए ।

पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहँदा आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो ।

निगमसँग हाल आन्तरिक उडानमा दुई मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तब्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेलको शेयर बिक्रीबारे सूचना लिइरहेका छौँः अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको