काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि स्वास्थ्य मन्त्रालयलले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले जानकारी दिए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय भएको पनि बताए ।

कोरोना संक्रमितको उपचारका लागि आइसीयु र भेन्टिलेटर व्यवस्थापन गर्न भन्दै मन्त्रालयले उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न समेत निर्देशन दिएको छ ।

गौतमले अस्पतालहरुमा शल्यक्रियहरु कम भएमा आइसीयु र भेन्टिलेटरहरुमा कोरोना संक्रमितलाई राख्ने वेड उपलब्ध हुने बताए । उनले प्रदेशस्तरीय सरुवा अस्पताल निर्माण गर्न आवश्यक बजेट उपलव्ध गराइसकेको जानकारी दिए ।

यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने र वडा स्तरबाट नै होमआइसोलेसनमा भएका संक्रमित तथा उनीहरुको सम्पर्कमा आउनेहरुलाई निगरानी गर्न पनि निर्देशन दिने मन्त्रालयले निर्णय उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ क्षेत्रमा होहल्ला गरेको आरोपमा ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

देउखुरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन। महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको

केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति