‘डा. केसीका माग पूरा गर्न बेवास्ता गर्नु प्रधानमन्त्री र शिक्षामन्त्रीको क्रिमिनल नेक्लिजेन्सी हो’



काठमाडौं । अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकार गम्भीर नभएको भन्दै डा केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सोलिडारिटी फर डा केसी अलायन्सले शनिबार माइतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले ‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन, जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर, गोविन्द केसीको माग पुरा गर गोविन्द केसीको जीवन रक्षा गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै माइतीघरमा धर्ना दिएका छन् ।

केसीका माग सम्बोधन गर्न सरकारद्वारा गठित वार्ता टोली र डा केसी पक्षबीच बिहीबार भएको वार्ता सहमति नजिक पुगिसकेको भएपनि शुक्रबार शिक्षा मन्त्री र प्रधानमन्त्रीको निर्देशनमा सरकारी वार्ता टोली पछि हटेको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

उनले भने, ‘यो प्रधानमन्त्री र शिक्षामन्त्रीको क्रिमिनल नेक्लिजेन्सी हो ।’उनले सरकारले वदनियतपूर्ण तरिकाले डा केसीको जीवनमा दुर्घटना होस् भन्ने मनसाय राखेको बताए । उनले डा केसीले राखेका कर्णाली लगायत विकट क्षेत्रमा सरकारी मेडिकल कलेज संचालन गर्ने, शिक्षा शिक्षा ऐन संशोधन, वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने लगायतका माग सम्बोधन नगरेसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १९ औं पटक अनसनरत डा केसीको आज अनसनको २७ औं दिन हो । अनसनको अवधि लम्बिदै जाँदा डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

बालकृष्ण खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ