जनस्वास्थ्य ऐनको नियमावली बन्नु अघिका काम कारवाहीका बारेमा संसदीय समितिले अध्ययन गर्ने



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले कृषियोग्य जमिनको कित्ताकाट खुल्ला गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय नेपालको कानून विपरीत भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको समितिको बैठकले भू–उपयोग ऐन बनेपनि नियमावली बन्न नसेकेको र ऐन कार्यान्वयन हुनका लागि नियमावली बन्न आवश्यक हुनुपर्ने भएपनि प्रशासनिक आदेशको भरमा कित्ताकाट खुल्ला गरेको भन्दै यो नेपालको संविधान र प्रचलित कानूनको बिपरित भएको निष्कर्ष निकालेको हो ।

भू–उपयोग ऐन बनेको दुई बर्षसम्म पनि हालसम्म नियमावली बन्न सकेको छैन । नियम र निर्देशिका नबनाइ पुरानै निर्देशिकाका आधारमा काम गर्नुपर्ने अवस्था देखिएकाले यस बिषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र सचिवसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिए ।

त्यस्तै जनस्वास्थ्य ऐन बनेको करिव दुई बर्षपछि गत असोज ५ गतेमात्र नियमावली बनेको भन्दै बैठकले नियमावली बन्नु अघि अस्पतालको तह निर्धारत, दर्ता अनुमति लगायतका बिषय निर्देशिकाको भरमा चलेको भन्दै यस बिषयमा अध्ययन गर्ने निर्णय गरेको सभापति बिडारीले बताए ।

जनस्वास्थ्य ऐनको नियमावली बन्नु अघि गरेका काम कारवाहीका बारेमा अध्ययन गरेर आगामी बैठकबाट सरकारलाई आवश्यक निर्णय गरिने सभापति बिडारीले बताए । समितिको अर्को बैठक आगामी मंगलबार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक

बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन