कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असोज १५ गते कोभिड पुष्टि भएका उनको बुधबार बेलुका मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।