मार्टले नै बेच्छन् म्याद सकिएका खाद्य सामग्री



काठमाडौं । काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करिब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देल भन्दै थिइन्, ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ ।’

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए । अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि विभागमा हाजिर हुन निर्देशन दिएको छ । मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन् ।

कृषि विभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारी यो समस्या अधिकांश मार्टमा देखिएको बताउँछन् । गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्,‘राम्रा भनिएका ठाउँमा समस्या छ । अन्यत्र के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका

मर्मतपछि दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा