किमाथाङ्कामा बिओपी भवन शिलान्यास



सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बिओपी) भवनको शिलान्यास भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बुधबार भवनको शिलान्यास गरेका हुन् ।

६ करोड ६८ लाख २६ हजार रुपैयाँको लागतमा बिओपीको भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरी अरुण गुल्मका गुल्मपति विशाल सिलवालले जानकारी दिए । चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका १ किमाथाङ्का नाकामा बिओपी भवन निर्माण हुन लागेको हो ।

सीमा अतिक्रमण बढेपछि गृह मन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथाङ्का नाकामा नौ महिनाअघि नै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको थियो । बिओपी किमाथाङ्कामा प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको नेतृत्वमा २८ जनाको टोेली छ । आफ्नै भवन नहुँदा साँघुरो भाडाका घरमा सुरक्षाकर्मी बसिरहेका छन् ।

आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै बिओपी पुर्याइएको थियो । भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लसहितका सुरक्षा निकायका प्रमुख किमाथाङ्का पुगेका थिए ।

उत्तरी क्षेत्रको सीमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । बिओपी भवन बनेपछि भन्सार कार्यायलय स्थापना गरी नाका सञ्चालनमा सहजता ल्याउनुपर्ने उनीहरुको माग छ । सशस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न बहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक