अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान



काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

समितिको बुधबार बसेको बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारद्वारा प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ । लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

बालकृष्ण खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका