ट्राफिक प्रहरी महाशाखाद्वारा चाडपर्व लक्षित विशेष अभियान शुरु



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।

ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।

सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठगी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।

प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।

यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव