महानगरीय प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयसँग कार्य सम्पादन सम्झौता



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँग मातहतका प्रहरी कार्यालयले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । काठमाडौँमा सोमबार आयोजित एक समारोहमा कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलसँग मातहतका प्रहरी कार्यालय प्रमुखले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्नेमा महानगरीय विमानस्थाल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल शाह, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा छन् ।

यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली र प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले समेत सम्झौतामा हस्ताक्षर गरेका छन् । आजै भक्तपुर प्रहरी परिसरले समेत कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट महानगरीय प्रहरी कार्यालयले गरेको सम्झौता र उपत्यकाको कार्यशैली अनुसार नै कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।

उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा उपत्यकाको शान्ति सुरक्षामा गर्व गर्न लायक काम भएको भन्दै सम्बन्धित कार्यालयका प्रमुखको प्रशंसासमेत गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले आजको सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले सधैँजसो नागरिकको चासो र सरोकारका विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा जोड दिए । प्रहरीको आचरण, व्यवहार, व्यवसायिकता र पारदर्शीता, फरार प्रतिबादी पक्राउलगायत विषयमा आपसमा प्रतिस्पर्धी भएर लाग्न समेत उनले मातहतका कार्यालयलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव