प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका २८ सैनिकमा कोरोना संक्रमण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको छ । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरुको शनिबार रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, प्रधानमन्त्री निवासमा खटिएता पनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीको स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

सरकार बदल्ने कुनै खेलमा छैनौं, यो टिक्दा हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ,

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा