काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार परीक्षणमा गरिएकोमा सबै जनालाई कोरोना संक्रमण पुष्टि भएको उनीहरुले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया