कोरोना संक्रमणबाट हेटौंडाका ७८ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट मकवानपुरको हेटौंडाका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटौंडाका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान साढे सात बजे मृत्यु भएको हो ।
स्वासप्रवासमा जटिल समस्या तथा निमोनियासमेत देखिएकोले अस्पतालको कोभिड आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटील हँुदै गएपछि भेन्टिलेटरमा राखी उपचारको सबै उपायहरु गर्दा गर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।