डा. केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह



काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रित भएको अवस्थामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताए ।

ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागका विषयमा छलफल गर्न सकिने बताए । त्यस्तै उनले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सचेत रहन आमनागरिकलाई आग्रह गरेका छन् । बिहीबार बिहान बसेको बैठकले सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको । मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव नियुक्त भएका हुन् । त्यस्तै पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफाारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै रेग्मीलाई बेलायतका लागि राजदूत र दक्षिण अफ्रिकाको राजदूतका लागि निर्मल कुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले आर्थिक ऐनका केही दफामा रहेका करका दरहरुलाई घटाउने निर्णय गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा