बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।
असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा उनमा पोजिटिभ देखिएको थियो । बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
उनी त्यसपछि होम आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो ।

प्रतिक्रिया