पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।

कोष सञ्चालक परिषद्ले गतवर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ ।

सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए । मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म ६ बैंकमा राखिएको छ ।

ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ । हालसम्म नेपाल बैंक लिमिटेडमा २६ करोड, कृषि विकास बैंकमा पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा ३५ करोड, माछापुच्छ्रे बैंकमा १३ करोड, नेपाल एसबिआई बैंकमा १० करोड र एभरेष्ट बैंकमा ६ करोड गरी ९५ करोड मौज्दात छ । ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता