युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।

रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग बुधबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा नेपाली श्रमिकप्रति युएईले देखाएको सद्भावनाको प्रशंसा गरे ।

उनले गत वर्षको आफ्नो युएई भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्र कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा नेपाली लगानीकर्तासँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गरे ।

राजदूत नाक्बीले युएई र नेपालबीचको हवाई उडान छिट्टै नियमित हुने जनाउँदै महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गरे ।

उनले आफ्नो देशका लगानीकर्ता नेपालमा जलविद्युत्, पर्यटन तथा कृषिमा आधरित उद्योगलगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि बताए । युएईमा रहेका नेपाली कामदारले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा योगदान गरिरहेको पनि उहाँले जनाउनुभएको रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजले नरेफाँटमाथिबाट एक्कासी गर्‍यो ओभरसुट

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

भक्तपुर ।  ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक

जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो ।

मौलिक फागु संरक्षणमा जुट्दै पाल्पाका स्थानीयवासी

पाल्पा । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । औँला काटी