कपिलवस्तुकी ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । कपिलवस्तुकी थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भई असोज ४ गते युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा उपचाररत कपिलवस्तुको बुद्धभुमिकी ५० वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ बजे मृत्यु भएको हो ।
उनी लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापसमेत उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।