जोखिम भत्ता नपाएको भन्दै नर्सहरु आन्दोलित



काठमाडौं । नर्सिङ क्षेत्रका समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै नर्सहरु आन्दोलित भएका छन् । समग्र नर्सिङ क्षेत्रको समस्या समाधान गर्न पहल गर्नुपर्ने भन्दै उनीहरुले सोमबार नेपाल नर्सिङ संघको कार्यालय अगाडि धर्ना दिएका छन् ।

कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिने नर्सहरुलाई भत्ताको सट्टामा ड्युटीसमेत घटाएर तलब समेत काटिदिएको भन्दै आफूहरु आन्दोलित भएको नर्सहरुले बताएका छन् ।

धर्नामा सहभागी नर्स कल्पना रिजालले एकसाता अघि नै नर्सहरुको समस्या समाधानका लागि ६५ बुँदे मागसहित नर्सिङ संघमा मागपत्र बुझाएको र संघले एकसातामा माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि आफ्नो मागहरुको सुनुवाइ नभएको भन्दै आफूहरु आन्दोलित भएको बताइन् ।

उनीहरुले कोरोना संक्रमणको समय भएकाले नर्सहरु बिरामीको सेवामा खटिदा संक्रमणको उच्च जोखिममा रहेकाले सरकारले नर्सहरुलाई पीपीई लगायतका सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने र जोखिम भत्ता दिनुपर्ने पनि बताएका छन् ।

नर्सहरुले कतिपय सरकारी तथा निजी अस्पतालहरुले कोभिडको समयमा समेत नर्सहरुको तलब काटिदिएर जागिर छोड्न बाध्य पारेको पनि बताएका छन् ।

नेपाल नर्सिङ काउन्सिलले आयुर्वेद पढेकी एक युवतीलाई नर्सिङ लाइसेन्स दिएको भन्दै उक्त घटनाको विषयमा छानबिन गरी नर्सिङ नै नपढेको व्यक्तिलाई लाइसेन्स दिने काउन्सिलका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्नेसमेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा । बाटो खन्ने क्रममा ढुङ्गा खसेर अजिरकोट गाउँपालिका–१ स्थित चिस्याङमा स्काभेटर चालकको

ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

  लमजुङ । शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा