चितवनमा सशस्त्र प्रहरीका दुई वटा बिओपी स्थापना



चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो ।

माडी नगरपालिका–९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा स्थापना गरिएका बिओपीको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो । सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिओपीको उद्घाटन गर्दै आगामी दिनमा सीमा सुरक्षा थप मजबुत् बन्ने बताए ।

यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट थिए । थपिएका दुई सँगै पाँच पोष्ट पुगेको छ । माडीमै थप एक पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए ।

उनले थपिएका पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिँदै हाललाई भने पोष्टमा २५ जना प्रहरी तैनाथ गरिएको बताए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि