कोरोना संक्रमणबाट नेपालगंजका ५२ वर्षीय पुरुषको मृत्यु



नेपालगंज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक पुरुषको मृत्यु भएको छ । कोहलपुरस्थित नेपागंज शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे अस्पताल भर्ना गरिएको थियो । यसअघि नै कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा अपराह्न ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएकाले रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रमा ३८४ सङ्क्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय