कोरोना संक्रमणबाट ललितपुर र बर्दियामा गरी थप तीन जनाको मृत्यु



काठमाडौं । ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।

त्यसैगरी ललितपुरकै मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

त्यसैगरी, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको जानकारी दिए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

रारा तालको किनारको होटलमा भीषण आगलागी, चार वटा भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा

शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

ढोरपाटन (बागलुङ) ।ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस