प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण



भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ ।

वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिँदै उनले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए ।

अत्याश्यक बाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि

१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ