‘यो फोटो हेरेर आज विदेशी राष्ट्रका नेपालस्थित प्रतिनिधिहरू के भनिरहेका होलान् !’



काठमाडौं । कोरोना कहरकाबीच असोज तीन गते सरकारले संविधान दिवस मनायो । जनताले त पक्कै मनाएनन् । नमनाउनुको कारण थियो कोरोना कहर । विगत ६ महिनादेखिको लकडाउनका कारण बल्लतल्ल सामान्यीकरण हुन लागेको जनजीवन त्यसमाथि भीडभाड गर्न नहुने भएपछि सर्वसाधारण सरकारले आयोजना गरेको कार्यक्रम हेर्न पनि पुगेनन् । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगायत सरकारी उच्च अधिकारी संविधान दिवस समारोहमा सहभागी थिए ।

दिवसमा अवसरमा पुष्पबृष्टि गरिएको थियो भने नेपाली सेनाले कवाज तथा सलामी अर्पण गरिरहेका दृष्य टेलिभिजनमा देखिएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कहरमा पनि आर्थिक सूचक राम्रो भन्दै भाषण गरिरहेका थिए । जनताको दैनिकी सहज बनाउन सरकारले निषेधाज्ञा हटाएको भन्दै थिए । अनि सुशासनका कुरा गरिरहेका थिए । तर सैनिक मञ्च पछाडि रहेको खुल्ला मञ्चमा भने महिनौंदेखि लाम लागेर खान जानेहरुको लाइन थियो ।

उता सैनिक मञ्चबाट प्रधानमन्त्री भाषण गर्दै थिए जनताले दुः पाउने छैनन् र भोको मर्नुपर्ने छैन । तर यता खुल्ला मञ्चको दृष्यले प्रधानमन्त्रीलाई गिज्याईरहेको थियो । यो दृष्य र तस्वीरहरु सार्वजनिक भएपछि सरकारले आयोजना गरेको कार्यक्रमलाई लिएर सामाजिक संजालमा व्यंग्यपूर्ण टिप्पणी आएका छन् ।

साझा पार्टीका संयोजक  रवीन्द्र मिश्रले फेसबुकमा यस्तो लेखेका छन्, ‘दशककै एउटा सबैभन्दा सशक्त र अर्थपूर्ण तस्वीर ! राजधानी काठमाडौँको केन्द्रमा रहेको खुलामञ्चको हप्तौँदेखिको दृष्य । ’समाजवादउन्मुख’ संविधान दिवस मनाउन सँगैको सैनिकमञ्चमा हेलिकोप्टरले पुष्पवृष्टि गरिरहँदा यता भोका पेटका आन्द्राहरू बटारिएका थिए । यो लज्जाको चरम उत्कर्ष हो । हाम्रो अगाडि त तपाईंहरुमा ’लाज’ भन्ने बाँही नै के छ र ? तर विदेशीको अगाडि सम्पूर्ण देशको बेइज्जत नगरिदिनोस् । यो फोटो हेरेर आज विदेशी राष्ट्रका नेपालस्थित प्रतिनिधिहरू के भनिरहेका होलान् ! हेलो सरकार, अति भयो। केही त गर ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखेका छन्, ‘लाखौंकालागि उजाड छ यो देश,मुठ्ठीभरलाई त स्वर्ग छ’! यो गीत गाएर सत्तामा गएकाहरूको राजमा श्रमिक र विपन्न नागरिकहरू एक छाक खान नपाएर भौतारिन पर्नु कति ठूलो बिडम्बना ? अरू कुरा छोडौं, दशैंमा राज्यकोषबाट जागिरेहरूले लिने अतिरिक्त मासिक तलबभत्ता रू १५अर्ब मात्र पनि यिनलाई खर्चे हुन्नथ्यो ?’

 बैकुण्ठ पौडेलले लेखेका छन्, ‘टुँडिखेलको एक पाटोमा कुनै दाताहरुको सहयोले खाना वाडेको ठाउमा एक छाक खान नपाए नेपाली हरु आखामा पीडाको आसु झार्दै खानाको प्लेट लिएर दौडिरहेका छन् त अर्काे पाटोमा सुरक्षा गार्डको घेरा लगाई चिल्ला चिल्ला गाडी पुगेर समविदान का सफलताको गुणगान गाएका छन्, कतिसम्म लाज छैन ।’


रस्मिता बन्जारा नाम गरेकी अर्की सामाजिक संजाल प्रयोगकर्ताले सरकारको शैलीलाई व्यंग्य गर्दै यस्तो लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन