नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं । । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ का ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
भदौ २६ गते कोरोना पुष्टि भएका उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार भइरहेको थियो ।