प्रहरी निरीक्षकको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशन



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया सुरु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएसँगै नयाँ भर्ना प्रक्रिया थालिएको हो ।

सरकारको स्वीकृतिपछि नेपाल प्रहरीले बुधबार प्रहरी निरीक्षकको १ माघ ०७६ मा प्रकाशित सूचना अनुसारको भर्नाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षाको तालिका प्रकाशित गरेको छ । प्रहरी जवानको ६ भदौमा प्रकाशित विज्ञापन अनुसार लिखितमा उत्तीर्ण भएका प्रहरी जवानको अन्तरवार्ताको पनि तालिका प्रकाशित भएको छ ।

प्राविधिक प्रहरी समूह अन्तर्गत बिभिन्न उप–समूहतर्फका जवानको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धी परीक्षा तालिका पनि सार्वजनिक भएको छ । प्रहरी सहायक निरीक्षकको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षण तालिका पनि प्रकाशित भएको छ । प्रहरीमा हाल १२ जना दरबन्दी रिक्त छ ।

लामो समयदेखि ठूलो संख्यामा दरबन्दी रिक्त हुँदा शान्ति सुरक्षा कायम गर्न पनि समस्या हुने गरेको थियो । नेपाली सेना र निजामती सेवाको भर्नाबारे भने कुनै निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आइतबार

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि

ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

नेपाल भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत