अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना शंकास्पद व्यक्तिको मृत्यु भएमा पीसीआर परीक्षण नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा जागेश्वर गौतमले शंकास्पद व्यक्तिको मृत्यु भएमा मृतकको नमुना संकलन भइरहेकोमा अब यसो गर्न नपर्ने जानकारी दिए ।
उनले शवबाट नमुना निकाल्न नपर्ने तर मृतकको सम्पर्कमा आएकाहरुलाई भने क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए । तर मृतकको सम्पर्कमा आएकाहरुलाई भने क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।
उनले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी पनि दिए । त्यस्तै कोरोना परीक्षणका लागि लिएका नतिजामध्ये नेगेटिभ आएका नजिता एक महिना र पोजेटिभ देखिएका नमूनाहरु तीनमहिनासम्म स्टोर गरेर राख्नुपर्ने निर्णय भएको बताए । त्यस्तै कोरोना परिक्षण गर्दा हालको वसोबास गर्ने स्थानको रेकर्ड राख्न पनि मन्त्रालयले ल्यावहरुलाई निर्देशन दिएको छ ।