सप्तरीका कोरोना सङ्क्रमित मिर्गाैलापीडित युवकको उपचारका क्रममा मृत्यु



सप्तरी । सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए । हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । मिगौलापीडितसहित छ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मङ्गलबार राजविराजस्थित अस्पतालबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा रणजीतकुमार झाले जानकारी दिए । युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

तीमध्ये एक महिला छिन् । पुरुषको शव धरानमा रहेको छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पढ्ने उमेरमै आमा बन्नुका पीडा

रामचन्द्र रायमाझी, पाल्पा । पाल्पाको  माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा

हेटौंडामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर

मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका

मुस्ताङको सेल्फी पार्कमा रहेको विशाल शालग्राम

मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल