पीसीआर परीक्षणको शुल्क घट्यो, अब दुई हजार रुपैयाँमा हुने



काठमाडौं । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने जानकारी दिए ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५,५०० रुपैयाँ तोकेको थियो भने त्यसपछि घटाएर ४ हजार रुपैयाँ बनाएको थियो ।

त्यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी  दिए ।

हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले एम्वुलेम्सलाई बिरामी बोक्ने बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा दर्ता खारेज गरिने निर्णय भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा