कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु



काठमाडौं । भक्तपुर, काठमाडौं, रुपन्देही र स्याङ्जाका गरी थप पाँच जनाको मृत्यु भएको छ । ललितपुरका दुई अस्पतालमा गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः४५ बजे र भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान दुई बजे मृत्यु भएको हो ।

यसैगरी भदौ २६ गतेदेखि मेघा अस्पताल, ललितपुरमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।

त्यस्तै, रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भदौ १४ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पीसीआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

त्यसैगरी, कोरोना संक्रमित स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । कोरोना संक्रमण भई भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका स्याङ्जाको पुतलीबजारका ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा