काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु
काठमाडौं । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २४ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।