कोरोना सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहीबार मध्यान्ह उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक/एक जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैतमा गर्ने तय भएको दसौं राष्ट्रिय खेलकुद जेठमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद

सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड

गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा)

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको