काठमाडौं । उद्धार उडान र नेपाल फर्किने यात्रुसंख्याको कोटा बृद्धि गरे कोरोना भाईरस (कोभिड–१९) कारण विदेशमा रोजगारी गुमाई समस्यामा परी स्वदेश फर्किनुपर्ने कामदारहरुको उद्धार गर्न कुनै कठिनाई नहुने सरोकारवालाहरुले बताएका छन् ।
हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा ‘‘वैदेशिक रोजगार पत्रकार समाजले” ले कोराना भाईरस (कोभिड १९) को महामारीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको अबस्थाको विषयमा आयोजित भर्चुअल छलफलमा उद्धार उडानको कमी र नेपाली नियोगहरुको समन्वयको अभावका कारण रोजगारी गुमाएका नेपाली कामदार स्वदेश फर्किन नपाएको देखिएको छ ।
कोरोनाको संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान सहज नहुँदा करार अवधि सकिएका, कम्पनी बन्द भएका, रोजगारी र आवासबाट हटाइएका, बेतलवी विदामा पठाइएका, तलव नदिइएका वा तलव कटौती गरिइएका, खान नपाएका, अनभिलेखवद्ध हैसियतमा रहेका, गर्भवती र विरामी जस्ता समस्या र जोखिममा परेका श्रमिकहरू विदेशमै अलपत्र अवस्थामा रहेका छन् ।
सरकारले उनीहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम परिचालन गर्ने वारेमा निर्देशिका जारी गरेको छ । तर व्यवहारमा निर्देशिका पीडित कामदारका पक्षमा नरहेको गुनासो बढेको छ ।
कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिह राजपुतले साउदी अरब लगायत नेपाली कामदार रहेका गन्तव्य मुलुकहरुमा कोभिडका कारण खाना, वासस्थान र उपचारको अभाव नभएपनि स्वदेश फर्किने उडान सख्या थोरै भएका कारण करार अवधि सकिएका कामदार मानसिक तनावमा रहेको बताए । सम्वन्धित मुलुकहरुबाट नेपाल फर्किने नियमित उडान नभएको र अनुमति पाएका नेपाली उडानहरुपनि नियमित नहुँदा स्वदेश फर्किने टिकट लिएका कामदारहरुमा आक्रोस बढेको भन्दै उडान नियमति गर्ने विषयमा नेपाल सरकारले विशेष ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए ।
विदेशमा कामगर्ने आपवासी कामदारहरु निरन्तर रुपमा अनेक प्रकारका समस्याहरुको सामना गरिरहने वर्ग रहेको भन्दै कोरोना भाइरसको संक्रमणले आप्रवासनको प्रकृयालाई उल्टाएको भन्दै राजदुत राजपुतले त्यसले नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक खाडीका देशहरुमा गंभीर समस्या सिर्जना गरिरहेको बताए ।
२१ लाख बर्ग किलोमिटर क्षेत्रफल रहेको साउदी अरबमा ३ लाख ५० हजार नेपाली कामदार रहेको र नेपाली दुतावासको साधन र श्रोतको अभाव झेलिररहको नेपाली दुतवासलाई कोरोना भाईरसका कारण मनोवैज्ञानिक त्रासमा रहेका सबैलाई समेट्न समस्या रहेको स्वीकार गर्दै राजदुत राजपुतले त्यहाँ ४ हजार १ सय ७ जना नेपाली कामदार संक्रमित रहेकोमा ५२ जनाको मात्रै ज्यान गएको बताए । साउदी सरकारले कोरोना भाईरसलाई निणन्त्रणमा राखेको भन्दै राजदुत राजपुतले आगामी हप्तापछि स्थिती धेरै सहज हुने विश्लेषण गरे ।
कोरोना भाईरसको संक्रमण पछि राहतका लागि दुई हजारले दुतावासमा सम्पर्क गरेकोमा दुतावासले १ हजार ५ जनालाई राहत प्रदान गरेको जानकारी दिदै राजदुत सिंहले रोजगारी गुमाएका कुनैपनि कामदार आवास र खानाबाट बञ्चित हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।
टिकटको प्रवन्ध गर्ने ट्राभल एजेन्सीले नेपालीले बैंकमा जहाज भाडाको रकम भुक्तानी हुनुपर्ने अडान राखेका कारण मंगलबार स्वदेश फर्किन नपाएका कामदार कम्पनी परिसरमा नारावाजीमा उत्रिएको विषय सामान्य आक्रोसको विषय भन्दै राजदुत राजपुतले लोकतान्त्रिक अधिकारको उपभोग गरिरहेका नेपाली नागरिककालागि सामान्य विषय रहेको र आफुले पनि त्यसलाई सामान्य रुपमा लिएको टिप्पणी गरे । मंगलबार फर्किन नपाएका कामदारहरु १८ सेप्टेम्बरमा फर्किने तय भएको समेत उनले जानकारी दिदै राजदूत राजपुतले सिमित साधन र श्रोतमा सञ्चालन हुनुपर्ने वाध्यात्मक अवस्थालाई नेपाली कामदारहरु आत्मसात गर्नुपर्ने जिकिर पनि गरे ।
हाल स्वदेश फर्किन दवाव दिने कामदारहरु दुई वर्षे करार अवधि भित्रका भन्दापनि पहिले नै श्रम संझौता अर्था करार अवधि सकिएका धेरै रहेको दावी गर्दै वास्तविक पिडितको उद्धार गर्ने विषयमा दुतावास प्रतिवद्ध रहेको पनि जानकारी दिए । राजदुत सिंहले कामदार भन्दापनि नेपाली कामदारहका शव फिर्ता पठाउन समस्या रहेको भन्दै हाल नेपाली कामदारहरुका २ सयउक्त मुलुकमा रहेको जानकारी दिए । ।
बैदेशिक रोजगार बोर्ड अन्र्तगत रहेको कल्याणकारी कोषको रकम प्रयोग गरी बेखर्ची श्रमिकलाई नेपाल फर्काउनप्रवाहहीन देखिएको कार्यविधिलाई संशोधन गरी श्रमिकलाई विभेद गहुने तथाअलेखबद्धलाई समेत समेट्ने गरी कार्याविधि सुधार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलाई सुझाव दिए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले समस्यामा रहेका सबै प्रकारका कामदार फिर्ता गर्ने विषयमा कार्यविधिमा रहेका रहेका कमजोरी सुधार गरी त्यसलाई संसोधन गर्न मन्त्रिपरिषद्मा प्रश्ताव लैजाने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।
उनले सरकारले कल्याणकारी कोषको रकमबाट नपुगे संयुक्त राष्ट्रसंघीय निकाय युएनडिपी लगायतका दातृ निकायबाट सहयोग लिएर अलपत्र कामदारहरुको उद्धार गर्ने विषयमा छलफल भईरहेको भन्दै बुधबार पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राई तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलवीच छलफल भएको जानकारी दिदै उडान संख्याका साथै हाल कायम गरिएको स्वदेश फर्किनेहरुको सख्या बढाउने विषयमा छलफलकेन्द्रित रहेको जानकारी दिए ।
त्यसैगरी प्रवक्ता पाण्डेले उद्धारगरी स्वदेश फर्काउने कामदारहरुका समस्या वारेमा आठ ओटा रोजगार गन्तव्य मुलुकका श्रमसहचारीहरुसंग मन्त्रालयका सचिवले बुधबार मात्रै छलफल गरेको जानकारी दिदै श्रम सहचारीमार्फत प्राप्त सुझावका आधारमा उद्धार निर्देशिका परिमार्जन गरिने भएकाले राजदुतवासहरुलाई श्रमसहचारी मार्फत सुझाव पठाउन सुभाव समेत दिए । प्रवक्ता पाण्डेले हालसम्म १ लाख २५ हजार ३ सय ५० नेपालीले स्वदेश फर्किन नेपाली नियोगहरु मार्फत निवेदन दिएको जानकारी पनि दिए ।
गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्राईले मलेसियामा आवागमन नियन्त्रण आदेश (एमओसी) लागु हुनुअघि नेपाल फर्किन जहाज टिकट लिएका करीव दुई हजार कामदार स्वदेश फर्किन नपाएका कारण उनीहरु समस्यामा रहेको जानकारी दिदै उद्धार तथा नियमित उडानको जहाजभाडा कामदारहरुको क्षमताभन्दा बढी भएकाले समस्या गहिरिएको बताए ।
हाल मलेसियाबाट नेपाल फर्किनै पर्ने वाधयतामा १५ देखि २० हजार कामदार रहेको जानकारी दिदै अध्यक्ष भट्राईले उनीहरुलाई वैदेशिक रोजगार कोषको रकम प्ररिचालन गरी उद्धार गर्नु पर्नेमा जारी भएको निर्देशिकाले कोषको रकम परिचालनमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई तत्काल परिमार्जनको आवश्यता रहेका सुझाव दिए । कोरोना भाईरसको संक्रमणपछि खाना खुवाउने लगायतका उद्धार काम गरिहेकोभएपनि गैर सरकारी क्षेत्रले लामो समय थेग्न नसक्ने भन्दै त्यसमा ध्यान दिन सरकारको ध्यानकर्षण गराए ।
गैर आवासिय नेपाली संघ कतारद्धारा गठित उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले कतार सरकारको सहकार्यमा जनचेतना कार्यक्रम तथा खाद्यान वितरण गरी समस्यामा रहेका नेपाल कामदारहरुलाई सहयोग पुर्याएको जानकारी दिदै ५५ जनालाई नेपाल फर्कने जहाज टिकट उपलब्ध गराएको जानकारी दिए ।उनले पनि नेपालबाट उडान नियमित गर्न आग्रह गरे ।

प्रतिक्रिया