‘अनावश्यक रुपमा पीसीआर परीक्षण भयो’



काठमाडौं । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकमा उनले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताए । अधिकारीले अहिले उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि प्रतिशतमा बेडको कोटा छुट्टयाउनु उचित नभएको तर्क गरे ।

उनले उपत्यकामा कोरोना उपचार गर्ने अस्पताल छुट्टै र अन्य उपचारका लागि छुट्टै अस्पताल तयार गर्न सुझाव दिए । अधिकारीले कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रीलाई बिभिन्न सुझाव दिएपनि कार्यान्वयन नभएको भन्दै अनावश्यक तर्कमा सरकार अल्झेको आरोप लगाए ।
बैठकमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले सरकारले अनावश्यक रुपमा पीसीआर परीक्षण गरिरहेको गरे ।

आवश्यक स्थानमा निश्चित दायर बनाएर पीसीआर परीक्षण गर्न सरकार चूकेको उनको भनाई छ । उनले कोरोना जाँचका लागि अनावश्यक रुप ल्याव बनाइएको तर्क गरे । अहिले भएको पूर्वाधारले नै पर्याप्त कोरोना जाँच गर्न सकिने उनको भनाई थियो ।

उनले अहिले प्रत्येक प्रदेश, प्रत्येक स्थानमा कोरोना जाँच प्रयोगशाला स्थापना गर्नुले खर्चमात्र बढाएको बताए । बैठकमा समिति सदस्यहरुले कोरोना जाँचको अवस्था तथा रोकथाम र नियन्त्रणका लागि भएका प्रयासहरुका बारेमा बिभिन्न निकायका प्रमुखहरुसँग छलफल गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी