नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु



नेपालगंज । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी