ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटिदिन्छु भनी अन्तर्वार्ता दिने व्यक्ति पक्राउ



काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा बिहीवार ललितपुर महानगरपालिकाका मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर-१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्य रहेका छन्।

ललितपुर पुल्चोकमा रथ तान्ने क्रममा भएको झडपमा ढुङ्गामुढा गर्ने, भिडलाई उत्तेजित गराएको तथा मेयरको घाँटी रेटिदिन्छु भनी सार्वजनिक रुपमा अन्तर्वार्ता दिएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकोे छ।

खोजतलास गर्ने क्रममा आइतवार ललितपुरको कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ

सर्लाहीको चुरेभेग बाढीले डुबान

सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको

‘फेक अडियो’ प्रकाशन गरेको भन्दै सिधाकुराका संचालकसहित तीनजनाविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीनजनाविरूद्ध मुद्दा दायर भएको छ