धरानमा झापाकी कोरोना संक्रमित महिलाको मृत्यु



धरान । बिपी कोइराला स्वास्थ्य ना विज्ञान प्रतिष्ठान, धरानमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको कन्काइ नगरपालिका–३ की ४५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।

उनलाई भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा दुई दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको डा.सापकोटाले बताए । उनलाई श्वासप्रश्वासमा समस्या आएपछि दुई दिनदेखि भेन्टिेलटरमा राखिएको थियो । उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हो । उनी मधुमेह रोगबाट पनि पीडित थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको मृत्यु, तिघ्रामा गोली लागेको पुष्टि

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु

बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ

भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको

जङ्गली हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी

चैतमा गर्ने तय भएको दसौं राष्ट्रिय खेलकुद जेठमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद