महोत्तरी र धरानका गरी थप दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा महोत्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको बर्दीबास नगरपालिका वडा नम्बर १४ का ७८ वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मुटु रोगको उपचारका लागि भदौ ९ गते उनी धुलिखेल अस्पतालमा भर्ना भएका थिए । उनमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी, विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो ।

स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएको उनको शुक्रबार राती स्वास्थ्यमा थप समस्या आएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको